पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन

Published on

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ ।

बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ । परीक्षार्थीले पहिले प्राप्त गरेका नतिजामा केही विषयको ग्रेड प्वाइन्ट (जिपिए) मा परिवर्तन भएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “केही विषयमा परीक्षार्थीले पहिला प्राप्त गरेको विषय अनुसारको ग्रेडमा परिवर्तन भएको मात्रै हो । विद्यार्थीले परिवर्तित नतिजा अनुसार कति जनाले जिपिए ४ नै ल्याए भनेर बोर्डले विश्लेषण गरेको छैन । बोर्डले ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्दै छ । बोर्डले यस पटक नतिजामा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा पूरक ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि अधिकतम दुई वटा विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार १३ गते सार्वजनिक गरेको थियो । जसमध्ये परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडेड (एनजी) आएको थियो । दुई लाख ४२ हजार ३१३ जना विद्यार्थी एनजी समूहमा परेका थिए ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...