मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन : महासचिव पोखरेल

Published on

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउनुभयो । प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । “हामी सरकारका जानका लागि मात्रै मिलेका होइनाँ देश विकासका लागि सहकार्य गरेका हौँ”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।”

उहाँले पुराना दल चाहिदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताउनुभयो । उहाँले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाव दिनुभयो । त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका सरकार मन्त्री भुमेश्वर ढाकाललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । रासस

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...