मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन : महासचिव पोखरेल

Published on

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउनुभयो । प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । “हामी सरकारका जानका लागि मात्रै मिलेका होइनाँ देश विकासका लागि सहकार्य गरेका हौँ”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।”

उहाँले पुराना दल चाहिदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताउनुभयो । उहाँले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाव दिनुभयो । त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका सरकार मन्त्री भुमेश्वर ढाकाललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...