विपन्न परिवारलाई नगरपालिकाको घर उपहार

Published on

काठमाडौं । चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मङ्गलबार हस्तान्तरण गरिएको हो । चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताउनुभयो ।

“घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ”, केशबहादुरले भन्नुभयो, “नगरपालिकाले आर्थिक सहयोग गरेर दुई कोठे घर बनाईदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ । गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ । प्रतिघर रु दुई लाख ८० हजारका दरले रु १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणले बताउनुभयो । नगरपालिकाका वडा नं १ र ७ मा एक–एक घर तथा वडा नं ४ र १० मा दुई–दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...