सडक बगाउँदा लोकमार्ग अवरुद्ध

Published on

काठमाडौं । चुरे क्षेत्रमा मंगलबार राति परेको भारी बर्षाका कारण ढुङग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्व–पश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ । बाढीले बर्दीबास ५ स्थित जंगली क्षेत्रमा पर्ने फबेलगाछी पुलको पश्चिमतर्फको अप्रोच कटान गर्दा लोकमार्ग अवरुद्ध भएको हो । बाढीले कटान जारी राखेकाले प्रहरीले पूर्वतर्फको गाडीलाई गौशला रोड र पश्चिमतर्फका सवारीलाई लक्ष्मिनिया चोकबाट हुलाकी सडक हुँदै गन्तव्यतर्फ पठाउने गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दीबासका डिएसपी रेवतिरमण पोखरेलका अनुसार बाढीले जंगली क्षेत्रमा सडक कटान गरेको छ । कटान क्षेत्रमा सडक कार्यालयले बिहानदेखि मर्मतको काम सुरु गरेको जनाएको छ । सडक डिभिजन कार्यालय जनकपुरका डिइ दीपककुमार झाले मर्मतको काम भइरहेको बताउनुभयो । बढीले मूल सडकमै १० मिटर लम्बाई र करिव अढाइ मिटर गहिरो खाल्डो पारेकाले अपरान्हपछि मात्र लोकमार्ग खुल्न सक्ने सम्भावना रहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...