‘इजरायली आक्रमण’मा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु

Published on

काठमाडौं । इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानिया मारिएका छन् । बुधबार हमासले आफ्ना प्रमुख नेता हानिया इजरायल कारबाहीमा तेहरानमा मारिएको जनाएको हो ।

हमासले एक विज्ञप्ति जारी गर्दै हानियाको मृत्यु भएको पुष्टि गरेको छ । उहाँ ६२ वर्षका हुनुहुन्थ्यो । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरायलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त ‘घटना’ कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ । हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान जानुभएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...