वाम्बुलेले मनाए बाँसुरी दिवस

Published on

काठमाडौं । किराँत राई वाम्बु समुदायले बाँसुरी दिवस मनाएका छन् । वाम्बु राई समुदायले साउन १५ मा बाँसुरी दिवसका रूपमा मनाउने गर्छन् । वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६, हिलेपानी र काठमाडौँको ललितपुरमा वाम्बुले राईले दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरी बाँसुरी दिवस मनाएका छन् । किराँत लोकपरम्परालाई पुस्तान्तरण गर्न आठ वर्षदेखि साउन १५ मा बाँसुरी दिवस मनाउन थालिएको राईको भनाइ छ । वाम्बु राई समुदायमा बाँसुरीको आफ्नै मौलिक महत्व र पहिचान रहेको छ । ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले किराँती समुदायका लोकबाजाको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

कुलपति हार्तम्छालीले ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलमा रहेको वाम्बुले राई समाजको भवनमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रिय गानका सर्जक ब्याकुल माइलाले लोकभाका, लोकनृत्य र लोकबाजाले भूगोल समुदाय चिनाउने काम गर्ने बताउनुभयो । किराँती लोकपरम्पराको निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको बाँसुरी दिवसमा वाम्बुले संस्कार, भाषा, संस्कृति जगेर्नाका लागि अगुवाइ गर्नुहुने समाजका अगुवा, कलाकारको सहभागिता रहेको थियो । यस वर्ष विनायो बाँसुरीसँगै लोकभाका सालमायासमेत प्रस्तुत गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...