धार्मिक पर्यटनको विकास गर्नु पर्छ : मुख्यमन्त्री कार्की

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१\८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले वराहक्षेत्रको चतरा, रामधुनी, अर्जुनधारा, पाथीभरा जस्ता धार्मिक र अनेकाँै सांंस्कृतिक स्थल रहेको कोशी प्रदेशमा धार्मिक पर्यटनको विकास गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “राष्ट्रिय पुँजीको विकास गर्नका लागि पर्यटकीय गन्तव्यलाई बेच्न सक्नु पर्छ ।” उहाँले उत्पादनमा जोडिएर राष्ट्रिय पुँजीको निर्माणमा लाग्न आग्रहसमेत गर्नुभयो । मुख्यमन्त्री कार्कीले आफ्नै पालामा कोशी प्रदेशलाई आर्थिक दृष्टिकोणले उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यव्रmममा कोशी प्रदेशका पूर्वआन्तरिक तथा कानुनमन्त्री शमशेर राईले तिनै तहका सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

सूर्योदय नगरपालिकाले बर्सेनि साउन १५ गते बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रबाट नगरको विकास गर्ने २६ जनालाई सम्मान गरिएको छ । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी नगरले काम गरिरहेको जानकारी दिनुभयो । महालेखा परीक्षकको कार्यालयको ६१ औँ प्रतिवेदनमा इलामका १० पालिकामध्ये सूर्योदय नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिकामा परेको जानकारी दिँदै आगामी दिनमा बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । आव २०७९\८० को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बेरुजु ०.०७ प्रतिशत मात्र छ । आव २०८१\८२ का लागि सूर्योदयको कुल बजेट एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपियाँ रहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । गत आव आर्थिक विकास र सुशासनतर्फ सूर्योदय नगरपालिका देशकै पहिलो भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...