बाघको आक्रमणबाट महिलाको मृत्यु

Published on

काठमाडौं । बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको ज्यान गएको हो ।

खेतमा काम गरिरहेको अवस्थामा उखुबारीबाट निस्केर उहाँलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाउँमा हिजो बाघ देखिएपछि नेपाली सेनासहित निकुञ्जको प्राविधिक टोली त्यहाँ पुगेर बाघको खोजी कार्य गरेको थियो । ड्रोन उडाएर खोजी गर्दा बाघ फेला नपरेपछि निकुञ्जको टोलीले स्थानीयलाई खेतमा नजान र सतर्क रहन आग्रह गरेको थियो । आज बिहान पनि टोली पुगेर बाघ खोजी गर्दै थियो । “त्यहाँ बिचबिचमा धान र विभिन्न प्लटमा उखु छ । हामीले आजै बाघ देखिएको एक प्लटमा त्यसको खोजी गर्दै गर्दा अर्कोतिरको प्लटबाट निस्केर काम गरिरहेको महिलालाई मार्‍यो । महिलाको मृत्यु भएपनि टाउकोमा चोटबाहेक खाएको अवस्था छैन । तानेर उखु बारीमा पुर्‍याएको थियो”, ऐरले भन्नुभयो।

नरभक्षी बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । महिलालाई मारेको बाघ उखुमै रहेको जनाइएको छ । बाघलाई नियन्त्रणमा लिनका लागि निकुञ्जको हात्तीसहितको टोली खटेको छ । यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि प्राविधिक टोली आइरहेको ऐरले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...