गोरखामा पाँच करोड राजस्व सङ्कलन

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८०\०८१ को साउन महिनादेखि असार मसान्तसम्म एक वर्षको अवधिमा पाँच करोड ७ लाख ५६ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको हो । युवाहरु विदेश मोहले गर्दा गोरखामा एक वर्षमा १२ हजार ४ सय २९ जनाले राहदानी निकालेका छन् । जसमा ७ हजार ४ सय २९ जना पुरुष छन् भने ४ हजार ९ सय ५० जना महिला रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार मसान्त सम्ममा जिल्ला प्रशासन कार्यालय गोरखाबाट १२ हजार ४ सय २९ जनाले ई पासपोर्ट लिएका हुन् । महिलाभन्दा बढी पुरुषहरुले राहादानी लिएको र ३१६ जनाले जारी गरेको एमआरपीबाट ५ करोड भन्दा बढी राजस्व सङ्कलन असुल उपर भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

अहिले गोरखामा १८ वर्ष पुग्नासाथ विदेशमा पढ्न जाने र वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढी भएकाले राहदानी बनाउनेको सङ्ख्या धेरै हुन गएकाले पनि राजस्व वृद्धि हुन गएको हो । राहादानी बनाउने सङ्ख्या बढेसँगै राजस्वमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चूडानिधि तिवारीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...