‘हवाई र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छ’

Published on

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । बिहीबार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न काठमाडौँ मेडिकल कलेज पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले आफूले पाइलट शाक्यलाई भेटेको र उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको बताउनुभयो । उहाँले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने जानकारी दिनुभयो ।

‘‘हामीले विमान चालक मनिषरत्न शाक्यलाई भेट्यौँ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । उहाँको उपचार अझै जारी रहने चिकित्सकहरुले भन्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य निकै सुध्रिएको बताउनुभएको छ । सबैको आशिर्वादले पुनःजन्म पाएको बताउनु भयो । उहाँ कुरा पनि गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पुनः जन्म हुन्छ भन्नेकुरा उहाँबाट प्रमाणित भएको छ ।,’’ उपसभापति खड्काले भन्नुभयो, ‘‘उहाँले अब सबै ठिक भएपछि जाँचबुझ समितिसँग धेरै कुरा बताउनु हुनेछ । जसले गर्दा विमान दुर्घटनाका बारेमा जानकारी हुनेछ । हामीले सबैले प्रयत्न गर्दागर्दै पनि दुर्घटना भएका छन् । सडक, हवाई दुर्घटनालाई सबै राजनीतिक दल, सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । विमानस्थलमा थप केके सुविधा गर्नुपर्छ त्यो गर्ने, दुर्घटना रोक्न धेरै गम्भीर हुनुपर्छ ।’’

कांग्रेसका सांसद एवम् अस्पतालका प्रमुख डा। सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताउनुभयो । उहाँले काठमाडौँ मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताउनुभयो । उहाँले अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘‘पुर्खाहरुले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । किनभने सबै मर्ने उहाँ बाँच्नसक्ने भन्ने हुँदैन । उपचार गरेर उहाँलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु । काठमाडौँ मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ ।’ यता, अस्पतालकी निर्देशक डा। मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताउनुभयो । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो । उहाँले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताउनुभयो । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्ग नजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...