एक्काइस प्रतिशतले बढ्यो पर्यटक आगमन

Published on

काठमाडौं । सन् २०२४ को सात महिनामा छ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही समयमा पाँच लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा २१.२२ प्रतिशतले बढी हो । बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको जुलाईको तुलनामा ११.९१ प्रतिशतले बढी हो । गत वर्ष ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए । जुलाईमा सार्क राष्ट्रबाट ४२ प्रतिशत, एसियाका अन्य मुलुकबाट १८, युरोपबाट १४, अमेरिकाबाट १३, ओसियानालगायत अन्य मुलुकबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएको उहाँले जानकारी दिनुभयो ।

जुलाईमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा भने नौ प्रतिशतले कम देखिएको छ । कोरोना महामारीअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए । जुलाईमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारत, अमेरिका, चीन, बेलायत र बङ्गलादेश रहेका छन् । भारतबाट २१ हजार ४९१, अमेरिकाबाट सात हजार ८१९, चीनबाट छ हजार ८१९, बेलायतबाट तीन हजार ८०६, बङ्गलादेशबाट तीन हजार ४७०, अस्ट्रेलियाबाट एक हजार ९०१, दक्षिण कोरियाबाट एक हजार ५३७, भुटानबाट एक हजार २०७, मलेसियाबाट एक हजार १२५ र जापानबाट एक हजार ११४ पर्यटक नेपाल आएका छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...