अपहेलना मुद्दामा भदौ ६ गते फैसला

Published on

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो । अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । सर्वोच्चको इजलासले जेठ ४ मा मुद्दा बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन मुद्दा मिलाउन बहालवाला न्यायाधीशसमेत संलग्न रहेको दाबीसहित सिधाकुराले अडियो सामग्री प्रकाशन गरेको थियो । तत्कालीन न्यायाधीश डा। आनन्दमोहन भट्टराईसमेतको नाम जोडिएको उक्त अडियो प्रहरी अनुसन्धानले फेक भएको निष्कर्ष निकालेको थियो । सिधाकुराले आफ्नो अनलाइन र युट्युब च्यानलमा ‘डार्क फाइल’ नामबाट उक्त सामग्री प्रकाशन गरेको थियो । अडियो प्रकरणमा न्यायाधीशसमेत जोडिएपछि सर्वोच्च प्रशासनले वैशाख १६ गते उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनका आधारमा अपहेलना मुद्दा चलाएको थियो ।

सिधाकुराका सम्पादक नवीन ढुङ्गाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई विपक्षी बनाएर अदालतले अपहेलना प्रक्रिया अघि बढाएको थियो । अडियो प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाको पनि नाम जोडिएको थियो । अदालतले सुरुमा २४ घन्टाभित्र सामग्री हटाउन आदेश गरेको छ । मुद्दालाई फौजदारी कायम गर्न र प्रहरीबाट अनुसन्धान गराउन पनि आदेश भएको थियो । आदेश अनुसार प्रहरीले उक्त अडियोको परीक्षणसमेत गरेको थियो । परीक्षणपछि सामग्री फेक भएको प्रहरीको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा असार १४ मा साइबर अपराधमा पनि तिनै जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । भ्रम, द्वेष र घृणा फैलाउने गरी सामग्री उत्पादन तथा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐन अनुसार कारबाहीको मागसहित मुद्दा दायर भएको थियो । मुद्दामा पेस भएको अडियो मोबाइल फोनबाट डाउनलोड गरिएको निष्कर्ष प्रतिवेदनले निकालेको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...