‘माइतीघर’ सार्वजनिक

Published on

काठमाडौं । साउनः हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।

गायिका सीता परियारले गाउनुभएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”, गायिका परियारले भन्नुभयो । तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गर्नुभएको हो । गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गर्नुभएको छ । उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ । श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गर्नुभएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...