एकै घरका तीन जनामा हैजा पुष्टि

Published on

काठमाडौं । प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–५ बस्ने ७१ वर्षीय लक्ष्मीकुमारी मल्ल, ३५ वर्षका मीनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्युठानमा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले बताउनुभयो । उहाँका अनुसार गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको सङ्क्रमण देखिएको हो । हैजाको सङ्क्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकाले पानी उमालेर खान अनुरोध गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...