बाढीले सयाैँ रोपनी धानखेत बगरमा परिणत

Published on

काठमाडौं । गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ । गोरखा नगरपालिका ३ र ५ का स्थानीय किसानहरुले लगाएको धानखेत लगातार परेको अबिरल वर्षाका कारण बाढी आएर रोपो सहित धानखेत बगाउँदा बगरमा परिणत भएको हो । बेनीखोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगायो, स्थानीय किसान खिल बहादुर कुमालले भन्नुभयो, “बेनीखोलाको सयौँ रोपनीमा रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ ।” बेनी खोलामा आएको बाढीले गोरखा नगरपालिका भित्रका सयाँै किसानहरु मर्कामा परेका छन् । माथिबाट ल्याएको ढुंगा, माटो ग्यागरान, रुखका हाँगाबिगाह, बालुवा र लेतोले पुरेपछि धेरै नै क्षति भएको छ, उहाँले भन्नुभयो, “दुई सय रोपनी खेतलाई क्षति पु–याउँदै खेतको मध्यभागबाट खोला बगिरहेको छ भने अन्य दरौदी खोलाले गोरखा नगरपालिका १० र ११ नम्बर वडाका सयौँ रोपनी धान खेतमा रोपो पुरेको छ ।”

किसान चन्द्र बहादुर कुमालका अनुसार अविरल वर्षाले दुई सय रोपनी खेत बगारमा परिणत भएपछि कृषि र सिंचाई कार्यालयले ४० थान ग्याबिन जाली १२ थान पाईप उपलब्ध गराएको छ भने गोरखा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । वर्षातका समयमा गोरखा नगरपालिकाभित्र विभिन्न स्थानमा बाढी र पहिरोले सडक, घर, खेत अत्यधिक मात्रामा क्षति पु–याएकाले पनि गोरखा नगरपालिकाले क्षतिको लगत संकलन गरिएकाले प्राविधिक मुल्याङ्कन गरी प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानहरुलाई नगरपालिकाबाट सक्दो सहयोग गरिने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...