संस्थानको ऐन नियम नयाँ बनाएर प्रणाली बसाल्छौं : मन्त्री गुरुङ

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्रमा संस्थान सञ्चालन गर्ने ऐन नियमहरु नयाँ बनाएर कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । मेहन्द्रकालीन ऐन नियमले संस्थान सञ्चालन हुँदा आशातित विकास हुन नसकेको भन्दै उहाँले संस्थानलाई समयअनुकुल बनाउन नयाँ ऐन नियमको आवश्यकता रहेको बताउनुभयो । मन्त्रालयको जिम्मेवारीमा आएपछि पहिलो पटक गोरखापत्र संस्थानको आज अवलोकन भ्रमण गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री गुरुङले भन्नुभयो, “गोरखापत्र सञ्चालन हुने नयाँ ऐन र नियम बनाउँछौं, नयाँ प्रणालीको विकासमा लाग्छौं, यो काम हामी आएको एक वर्षभित्र सम्पन्न गर्छौं । १२४ वर्ष इतिहास बोकेको गोरखापत्र संस्थान परम्परागत ढङ्गले चलिरहेकाले यसलाई समयसुहाउँदो व्यवस्थापन गर्न जनशक्तिको पनि व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । सूचना प्रविधियुक्त जनशक्ति निर्माण गर्नसके मात्र गोरखापत्रलाई समयसुहाउँदो प्रतिस्पर्धी बनाउन सकिने उहाँको भनाइ छ ।

गोरखापत्र आफैमा नेपाली पत्रकारिताको इतिहास भएकाले यसमा गौरव रहेको तर यसको इतिहासजस्तै काममा पनि गौरव गर्ने खालको हुनुपर्ने उहाँको भनाइ छ । वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताउँदै उहाँले सञ्चार क्षेत्रलाई अनियन्त्रित हुन नदिन र प्रणाली कायम राख्न सरकारले आवश्यक नियमन गर्ने उहाँले बताउनुभयो । नेतृत्व र कर्मचारीविचको एकताले नै संस्थानले सफलता प्राप्त गर्ने भन्नुहुँदै उहाँले सबैलाई लक्ष्यमा केन्द्रित भई एकतावद्ध भएर काम गर्न उहाँले निर्देशन गर्नुभयो । संस्थान व्यक्तिको विवेकभन्दा सामुहिकता र प्रणालीमा चलेमात्र सफलता प्राप्त गर्ने उहाँले बताउनुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिमा आएको विकाससँग गोरखापत्रले पनि आफूलाई प्रविधियुक्त बनाउन लागेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो । संस्थानको विकासमा मन्त्रालयको तर्फबाट हुने सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनुभयो । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानको समग्र प्रगति र चुनौती विषयमा मन्त्री गुरुङ तथा मन्त्रालयका सचिवसहितलाई जानकारी गराउनुभयो । संस्थानका कर्मचारीहरु भूकम्पले भत्काएको जीर्ण भवनमा बसेर काम गर्न बाध्य भएकाले नयाँ भवन निर्माणका लागि आवश्यक सहयोगका लागि उहाँले मन्त्रीसँग आग्रह गर्नुभयो । संस्थान अहिले आफ्नो खुट्टामा आफै उभिन सफल भएको तर यसको दिगोपनाका लागि सरकारको साथ, सहयोगको निरन्तर खाँचो रहेको उहाँले बताउनुभयो । महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानको नेतृत्व तथा कर्मचारीहरु मिलेर एकतावद्ध रुपमा काम गरिरहेकै परिणाम संस्थान घाटामा नगएको जानकारी गराउनुभयो । संस्थानको कामलाई चुस्त बनाउन ५४७ स्वीकृत दरवन्दीलाई घटाएर ५०१ मा ल्याएको जनाउँदै उहाँले विनियमावली संस्थानलाई हात लागेमा कर्मचारीको वृत्ति विकासको काम पनि अघि बढ्ने उहाँले बताउनुभयो । गोरखापत्र सरकारी मिडिया भए पनि जनताको आवाजलाई पनि प्राथमिकता दिएको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...