सिन्धुलीको दुम्जा शक्ति पीठ

Published on

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा अवस्थित प्राचीन मन्दिर आदिलिंगेश्वर महादेवको मन्दिर प्रवेश गर्नुभन्दा अगाडी बायाँतर्फ निकै नै आकर्षक शिखर शैलीको सौर्य मण्डलीय शक्तिपिठ मन्दिर रहेको छ।

उक्त शक्तिपिठ मन्दिर प्रवेश गर्दा मन्दिरको अगाडी २ वटा सिंह रहेको छ भने दाहिने तर्फ पित्तलको लामो त्रिशूल र बायाँतर्फ ठुलो घण्ट झुन्ड्याइएको छ। मन्दिरको प्रवेशद्वारदेखि मन्दिर समेत पित्तलको गजुरले सजिएको छ। मन्दिरको दाहिनेतर्फ पित्तलको ठुलो पित्तलको त्रिशूल रहेको छ भने बायाँतर्फ पित्तलकै आकारमा नेपालको झन्डा देख्न सकिन्छ। मन्दिरको चारै कोणमा नागको मूर्तिहरू बनाइएको साथै मन्दिर परिसर अन्य देवदेवताहरुको मूर्ति समेत रहेको छ। मन्दिरका पुजारीका अनुसार यस मन्दिरमा भक्तजनहरूको दैनिक भिड भएता पनि विशेष गरी हिन्दुहरूको विभिन्न पर्वहरूका भक्तजनहरूको अत्यधिक भिड रहने गर्दछ। मन्दिरको सुरक्षाको लागि चारैतिर पर्खालले घेरिएको छ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...