बाँकेमा चिनी र खाने तेलको तस्करी बढ्यो

Published on

काठमाडौं । यहाँस्थित नेपाल–भारत नाकामा पछिल्लो समयमा चिनी, खाने तेल र तयारी कपडा लगायत सामग्रीको तस्करी बढेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट ठुलो मात्राको अवैध चिनी, खाने तेल र एक गाडी नियन्त्रणमा लिएको छ । सीमा नाका जमुनाहाबाट नेपालगन्जसम्म आउँदा तीन चार वटा चेक पोष्ट रहेको र साइड नाकाहरुमा पनि ठाउँ–ठाउँमा प्रहरी पोष्ट रहेको भए पनि निर्वाध रुपमा गाडीमै भरेर भन्सार छलि गरी भारतबाट अवैध रुपमा सामान सजिलै नेपालगन्ज बजारसम्म पुग्ने गरेको पाइएको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलिको १६ क्विन्टल चिनी, ८४ पेटी खाने तेल र एक बोलेरो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।

उहाँले जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ९६ हजार मूल्य बराबरको १६ क्विन्टल चिनी, एक लाख १७ हजार मूल्य बराबरको ८४ पेटी खाने तेल र सात लाख मूल्य बराबरको लु १ च ६८७० नम्बरको एक बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो । प्रहरीले बरामद गरेको नौ लाख १३ हजार बराबरको सो सामान तथा गाडी चालक भिमबहादुर डिसीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...