घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री भण्डारी

Published on

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर मात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबिच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भन्नुभयो, “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कृषि उद्योग पनि हो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी सङ्कलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस् । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ । उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उद्योग मन्त्रीको भनाइ थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरूकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि लघु, घरेलु तथा साना उद्योगीहरूको भूमिकाको सराहना गर्दै उहाँले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेकाले सोही अनुरूप साथ दिन महासङ्घलाई आग्रह गर्नुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले सङ्घीय संरचनाअनुरूप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक भएको बताउनुभयो । उहाँले विगतमा तीन तहकै सरकार सञ्चालनका क्रममा भोगेका अनुभवहरूको आधारमा औद्योगिक व्यवसाय ऐनमा सामयिक परिमार्जनको आवश्यकता औँल्याउनुभयो । महासङ्घका पूर्वअध्यक्षहरु वासु गिरी र लता प्याकुरेल, श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ र सत्यनारायण प्रजापति, महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष रामकृष्ण खड्का, महासङ्घ बागमती प्रदेश महिला समिति अध्यक्ष सुलोचना श्रेष्ठ, महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष सीता कार्की, भक्तपुर जिल्ला अध्यक्ष प्रेम खर्बुजा, भक्तपुर जिल्ला पूर्वअध्यक्ष वीरेन्द्र जत्ति, काठमाडौँ जिल्ला अध्यक्ष सीता कार्की, महासङ्घका कार्यकारिणी सदस्य विनोददेव पन्त, डिल्लीराम गिरीलगायतको सहभागिता रहेको थियो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...