अब एसिडपीडितले न्याय पाउँछन् : प्रधानमन्त्री ओली

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले कलाले मात्र नभएर अन्य कार्यमार्फत पनि समाजको समस्या चिन्न सक्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा शनिबार स्वराङ्कन गर्ने क्रममा सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले चलचित्रको स्वराङ्कनपछि भन्नुभयो, “एसिड पीडितलाई न्याय दिलाउने काममा सरकार तत्परतासाथ लागिपर्छ । अब पीडकले दण्ड पाउने छन् । सरकारले सबैलाई न्याय दिन्छ ।” उहाँले भन्नुभयो, “एसिडपीडितले यति लामो समयसम्म पीडा भोगिरहनुभएको छ, उहाँहरूलाई छिटोभन्दा छिटो न्याय दिनु पर्छ ।” प्रधानमन्त्री ओलीले संसद्बाट तुरुन्तै अध्यादेश ल्याएर भए पनि पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो । “पीडकलाई सजाय दिने गरी कडाभन्दा कडा कानुनको मसौदा तयार गर्नु जरुरी छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रमित ढुङ्गाना निर्देशित चलचित्रमा प्रधानमन्त्रीकै भूमिकामा अभिनय गर्दै हुनुहुन्छ । चलचित्रमा पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, देवेन्द्र पौडेल, रमित ढुङ्गाना, मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरीलगायतको अभिनय रहने जनाइएको छ । चलचित्र एसिड आक्रमण पीडितहरूको वास्तविक कथामा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको जनाइएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...