ऐन कार्यान्वयनमा केन्द्रित हुन मन्त्रीको निर्देशन

Published on

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीयतासम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको एक कार्यक्रममा उहाँले स्वास्थ्य कस्तो रहने भन्ने खाद्यवस्तुले निर्धारण गर्ने भएकाले खाद्यवस्तुको नियमनमा विशेष जोड दिन निर्देशन दिनुभयो । खाद्यसम्बन्धी निर्देशिका एवं ऐन कार्यान्वयमा आइसकेको छ, यसलाई कडाइका साथ कार्यान्वयनमा ल्यायो भने यसले खाद्य स्वच्छतामा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । उहाँले कसैबाट जनताको स्वास्थ्यमाथि खेलबाड नहोस्, त्यसमा सबै सचेत रहनुपर्ने बताउँदै खाद्य स्वच्छता तथा गुणस्तरको विषय सङ्घीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहमा भर नपर्न पनि मातहतका निकायलाई ध्यानाकर्षण गराउनुभयो । खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले सरकारलाई गाँज्ने गरेको उल्लेख गर्दै उहाँले खाद्य स्वच्छतामाथि उठेको प्रश्नको जवाफ पनि सम्बन्धित निकायले दिनुपर्ने बताउनुभयो । खाद्य स्वच्छतामाथि निकै प्रश्न उठेका छन्, सरकारमाथि विश्वास गर्न छाडेको हुनाले कहाँबाट त्रुटि भइरहेको छ, त्यसलाई औँल्याउँदै समाधान गर्न पनि उहाँले निर्देशन दिनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “जनतामा विश्वास जगाउने गरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीले विशेष पहल गर्नु पर्छ त्यसमा मेरोतर्फबाट के के गर्नु पर्छ सबै गर्न तयार छु ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...