सुदूरपश्चिममा कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ ।

थापालाई आर्थिक मामिलामन्त्री, खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय बैठकले गरेको हो । यसैगरी, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री बनाउने निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव एवम् मुख्यमन्त्रीको निजी सचिवालयका नृप सुनारले जानकारी दिनुभयो । नेकपा (एमाले) ले दुई र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिने सहमति गरिएको छ । एमालेले वीरबहादुर थापा, सुरेन्द्र पाल, हीरा सार्कीलाई मन्त्री र निर्मला साउँदलाई राज्यमन्त्री बनाउने निष्कर्षमा पुगे पनि निर्णय गर्न बाँकी रहेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...