प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’

Published on

काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बढेका छ । देशमा अशान्ति बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना बढेको प्रधानमन्त्री हसिनाका वरिष्ठ सल्लाहकारले सोमबार एएफपीसँग बताउनुभएको हो । उहाँले भन्नुभयो, “राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठेपछि उहाँको राजीनामाको ‘सम्भावना’ रहेको बताउनुभएको हो । “राजनीतिक अवस्था तरल बनेको छ । सम्भवतः उहाँले राजीनामा दिनुहुन्छ । तर यो कसरी हुन्छ मलाई थाहा छैन,” नाम नबताउने शर्तमा प्रधानमन्त्री निकट एक सहयोगीले भन्नुभयो ।

यसैबिच प्रधानमन्त्री हसिनाका छोराले सोमबार देशको सुरक्षा बललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी सन्देशमा कुनै पनि गैर–निर्वाचित समूहबाट हुनसक्ने सत्ता कब्जा रोक्न आग्रह गर्नुभएको छ । हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका सजीब वाजेद जोयले फेसबुकमा लेख्नुभएको छ, “हाम्रो कर्तव्य हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित राख्नु र संविधानको पालना गर्नु हो । यसको अर्थ कुनै पनि अनिर्वाचित सरकारलाई एक मिनेट पनि सत्तामा आउन नदिनुहोस्, यो तपाईंको कर्तव्य हो ।” रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...