हाडहाडेका चार सय घरमा खानेपानीका धारा

Published on

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर – ३, हाडहाडेका करिब चार सय घरमा खानेपानीका धारा जडान गरिएको छ। यस वडामा सञ्चालन भएको ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट व्यक्तिगत घरमा र सार्वजनिक संस्था गरेर कुल ३९२ वटा धारा जडान गरिएको हो।

आर्थिक वर्ष २०७६\०७७ मा निर्माण कार्य सुरु भएको खानेपानी आयोजना चार वर्षपछि सम्पन्न भएसँगै यहाँका ३८८ घरमा खानेपानी पुगेको छ। सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायतका संस्थामा पनि यसै आयोजनाको पानी जडान गरिएको छ। आयोजना सम्पन्न भएसँगै हाडहाडेमा कुल ५५९ घरमा धारा पुगेको छ। यसै आर्थिक वर्षमा हाडहाडेलाई ‘एक घर, एक धारा’ घोषणा गर्ने गरी आफू लागेको वडा अध्यक्ष पदमबहादुर विष्टले जानकारी दिनुभयो। आयोजनाको दीगो सञ्चालनको लागि उपभोक्ताहरुलाई आग्रह गर्नुहुँदै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पुरा गर्न थालेको बताउनुभयो। चार करोड लागतमा यस ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाको सम्पन्न भएको हो। गाउँपालिकाले वडा नम्बर –१ नयाँगाउँ, वडा नम्बर –४ जैसिथोक र वडा नम्बर –६ रजस्थल गरी तीन वडालाई ‘एक घर, एक धारा’ युक्त वडा घोषणा गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...