बाढी र लेदोको कारण विपी राजमार्ग अवरुद्ध

Published on

काठमाडौं । अविरल वर्षाका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण विपी राजमार्ग अन्तर्गत जिल्लाको रोशी गाउँपालिका–११ स्थित माम्ती खोलामा आएको बाढी र लेदोको कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीले बाढी र लेदोको कारण मङ्गलबार ११ः१५ बजेदखि राजमार्ग अवरुद्ध भएको जनाएको छ । बाढी र लेदोका कारण अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय, स्थानीय तह र सम्बन्धीत निकायसँग पहल भइरहेको प्रहरीले जनाएको छ । यस्तै वर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डमा पहिरो आउँदा अरनिको राजमार्ग समेत अवरुद्ध भएको छ ।

मङ्गलबार बिहान करिब ११ बजेको समयमा धुलिखेल नगरपालिका–७ ल्याण्डफिल्ड साइड नजिकै सडक माथिबाट रुखसहित आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा पहिरोसँगै आएको रुख कटान राजमार्ग एकतर्फ रुपमा खुलाइएको बताउँदै पहिरोका कारण बिद्युतको तार चुँडिएकोले नेपाल बिद्युत प्राधिकरणको कर्मचारी टोलीले तार जोड्ने काम समेत अघि बढाएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...