देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठुला दलले सत्ता साझेदारी गरेका बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ । फरक प्रसङ्गमा उहाँले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिनुभएको थियो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...