शीत भण्डार निर्माणपछि बेनीका किसानलाई राहत

Published on

काठमाडौं । फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् । बेनी नगरपालिका(४, सिङ्गा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) सञ्चालनमा आएपछि किसानलाई सुविधा भएको हो । कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले किसानले आलु भण्डारण गरेका छन् । गत वर्ष सुन्तला फल्ने याममा करिब एक हजार पाँच सय केजी सुन्तला भण्डारण गरेका किसानले परीक्षणबाट सन्तुष्ट भएका थिए । यसपटक आलुको सिजनमा सस्तो मूल्यमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनी नगरपालिका(४ का वडाअध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

“कोल्डस्टोर बनेपछि किसानमा खुसी छाएको छ, उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपजलाई शीत भण्डारमा भण्डारण गरी उचित समयमा बजार पु¥याउन पाउनुभएको छ,” अध्यक्ष खड्काले भन्नुभयो । कोल्ड स्टोरमा राखेपछि निकाल्ने समयमा प्रतिकेजी १० शुल्क तिर्नुपर्छ । हाल कोल्डस्टोरमा सात हजार पाँच सय ५० केजी आलु भण्डारण गरिएको छ र थप तीन सय केजी आलु ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । कोल्डस्टोरमा विद्युत् आपूर्तिसहित अन्य संरचनाहरु आधुनिक भएकाले परीक्षण सफल भएसँगै यसपटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, किसानका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ । कोल्डस्टोर एक करोड ६० लाखमा निर्माण गरिएको हो । त्यसमा अन्य आवश्यक संरचनाहरु थपिने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

“कृषकलाई कोल्डस्टोर बरदान साबित हुन्छ, कृषकलाई प्रतिफल हुने गरी नगदे बालीलाई प्राथमिकता दिएका छौँ,” प्रमुख केसीले भन्नुभयो । जिल्लामा सुन्तला र आलु अत्यधिक उत्पादन हुने भएकाले यामबाहेक बेमौसममा बिक्री वितरणका लागि सहज हुने स्थानीय बताउँछन् । कोल्ड स्टोरमा मौसमअनुसार आलु, तथा किवीका साथै अन्य नगदे बाली भण्डारण गर्न सकिन्छ । बेनी नगरपालिकाले कोल्ड स्टोरलाई वर्षैभरि प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचनासहित बनाएको छ । किसानले व्यापारीलाई बारीबाटै सस्तो मूल्यमा तरकारी, फलफूल बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...