बङ्गलादेशबाट महिला टी–२० विश्वकप सर्ने सम्भावना

Published on

काठमाडौं । बङ्गलादेशको पछिल्लो राजनितिक घटनाक्रमका कारण आगामी अक्टोबर ३ देखि २० तारिखसम्मका लागि तय भएको आइसिसी महिला टी–२० विश्वकप सर्ने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले बङ्गलादेशको राजनितिक अवस्थाले विश्वकप आयोजना गर्न सम्भव नभए अन्य देशमा लौजाने विकल्प रहेको जनाएको छ । आइसिसीले भारत, श्रीलङ्क र संयुक्त अरब इमिरेट्स ९युएई० लाई विश्वकप आयोजनाको वैकल्पिक देशको रुपमा समेत लिएको छ । महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । बङ्गलादेशमा गत एक महिनादेखि सरकारविरोधी आन्दोलन चलिरहेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएको थियो । हसिनाले देश छाडेसँगै बङ्गलादेशका सैनिक प्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन गर्ने तयारी सुरु गर्नुभएको छ । बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व लिन नोबेल पुरस्कार विजेता डा। मुहम्मद युनुसलाई प्रस्ताव गरिएको छ । एजेन्सी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...