लिम्बू गाउँमा च्याब्रुङ चिन्ता

Published on

काठमाडौं । च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नृत्य हो । जातिको चिनारीका रूपमा रहेको सांस्कृतिक बाजा च्याब्रुङ विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा बजाएर नाचिन्छ । मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङ बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाचमा वृत्ताकार शैली, घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । तथापि च्याबु्रङ नाचको टोली खोज्न टाढा टाढासम्म पुग्नु पर्छ । चैनपुर नगरपालिका सङ्खुवासभाका मानध्वज लिम्बूले भन्नुभयो, “पहिल्लो पिँढीले यो सिप नसिकेका कारण लोप हुने अवस्थामा छ । च्याबु्रङ नाचको आधारभूत ताल कसरक्पा हो । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । यसमा सबैले एउटै तालमा खुट्टा अघिपछि सारिन्छ, हातले गर्ने अभिनय पनि रोचक हुन्छ ।

आठराई त्रिवेणी गाउँपालिका–४, ताप्लेजुङका अमृता साँवाका अनुसार च्याबु्रङ नाच्ने र मुन्धुम गाउने अग्रज निष्व्रिmय भएका छन् । कतिपय ठाउँमा संस्कृति जोगाउन युवा सक्रिय भएका छन् । उहाँले भन्नुभयो, “हामीले क्लब नै गठन गरेर च्याब्रुङ नाच्न सिकिरहेका छौँ ।” च्याब्रुङ नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदर जस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिन्छ । यसमा गाइने मुन्धुममा जीवन र जगत्को वर्णन हुन्छ । च्याब्रुङ र मुन्धुमको संरक्षणका लागि कतिपय स्थानीय तहले आगामी बजेटमा रकम विनियोजन तयारी गरिरहेको पाइन्छ । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङका अनुसार च्याब्रुङ संरक्षणका लागि पालिकाले

नीति तथा कार्यक्रममा समावेश गरेको र बजेटसमेत विनियोजन गरिएको छ ।

लिम्बू समुदायको धर्मग्रन्थ मुन्धुम अनुसार सृष्टिको उत्पत्तिदेखि मानव सभ्यताको विकास क्रमसँगै पुर्खा सोदुङगेन लेप्मुहाङको पालादेखि च्याबु्रङ बजाउन सुरु भएको बताइन्छ । यो बाजा बजाउँदा दाहिनेपट्टिबाट ‘च्याङ’ र देब्रेपट्टि ‘ब्रुङ’ को ९ध्वनि० निस्कने हुँदा यो बाजालाई च्याबु्रङ भनिएको जानकारको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...