बङ्गलादेशमा अल्पसङ्ख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

Published on

काठमाडौं । व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा सोमबार हमला गरिएको थियो । हिन्दूहरूलाई मुस्लिम–बहुल राष्ट्रमा केही मानिसले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको निकटका रूपमा हेर्छन् । भीडले हसिनाका सहयोगीहरूमाथि बदला लिन हमला सुरु गरेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार मुलुकभरमा हसिनाको अवामी लिग पार्टीका कार्यालयमा आगो लगाइएको छ र लुटपाट गरिएको छ । बङ्गलादेश हिन्दू बौद्ध क्रिस्चियन एकता परिषद्का महासचिव राणा दासगुप्ताले विज्ञप्तिमा भन्नुभयो, “सोमबार र मङ्गलबार कम्तीमा ९७ स्थानमा अल्पसङ्ख्यक मानिसका घर र पसलहरूमा हमला, तोडफोड र लुटपाट गरिएको छ ।”

सोमबार कम्तीमा १० हिन्दू मन्दिरमा ‘बदमाश’ हरूले हमला गरेको परिषद्ले बताएको छ । अस्पतालका एक अधिकारीले सुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बङ्गलादेशको दक्षिणी बागेरहाट जिल्लामा एक हिन्दू व्यक्तिको कुटेर हत्या गरिएको बताए । ट्रान्सपेरेन्सी इन्टरनेसनल बङ्गलादेशका प्रमुख इफ्तिखारुज्जमानले भन्नुभयो, “अल्पसङ्ख्यकहरूमाथि यस्तो तरिकाको हमला भेदभावविरोधी विद्यार्थी आन्दोलनको मूल भावना विरुद्ध हो । ढाकामा अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ‘शान्त’ रहन आह्वान गरेको छ । युरोपेली सङ्घ (इयु) का कूटनीतिज्ञहरूले पठाएको सन्देशमा भनिएको छ, “हामी बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यक र धार्मिक स्थलहरूमा भएको हमलाको रिपोर्टबाट चिन्तित छौँ ।”

“इयु मिसन प्रमुखहरू बङ्गलादेशमा जातीय र अन्य अल्पसङ्ख्यकहरूका पूजा स्थल र सदस्यहरू विरुद्ध हमला भएको रिपोर्टबाट अत्यन्त चिन्तित छन्”, बङ्गलादेशमा इयुका राजदूत चार्ल्स ह्वाइटलीले एक्समा भन्नुभयो, “हामी सबै पक्षलाई संयमता अपनाउन, साम्प्रदायिक हिंसालाई अस्वीकार गर्न र सबै बङ्गलादेशीको मानवाधिकारलाई कायम राख्न अपिल गर्दछौँ ।” जुलाईको प्रारम्भमा भड्किएको विरोध प्रदर्शनपछि सोमबार अशान्तिको सबैभन्दा घातक दिन थियो । यस दिन कम्तीमा एक सय २२ जनाको मृत्यु भएको थियो । एक स्थानीय समाचार पत्रका अनुसार सोमबार भीडले अल्पसङ्ख्यक मुस्लिम सम्प्रदाय अहमदीका केही घरमा समेत आगो लगाएको थियो । प्रसिद्ध हिन्दू सङ्गीतकार राहुल आनन्दको घरमा पनि आगो लगाइएको छ । आनन्दले गत वर्ष ढाका भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री एस। जयशङ्करले पनि मङ्गलबार नयाँदिल्लीले ‘अल्पसङ्ख्यकहरूको स्थितिका सन्दर्भमा स्थितिको निगरानी गरिरहेको’ बताउनुभएको छ । “कानुन र व्यवस्था स्पष्टरूपमा पुनरबहाली नभएसम्म सरकार अत्यन्त चिन्तित हुनेछ”, उहाँले भन्नुभयो । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...