क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

Published on

काठमाडौं । भवन तथा बस्नका लागि पर्याप्त जग्गा नहुँदा कारागार कार्यालय काभ्रेपलाञ्चोकमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदी र थुनुवा बस्न बाध्य भएका छन् । भवन र जग्गा अभावमा ८५ जना क्षमताको कारागारमा अहिले ३१२ जना कैदी र थुनुवा बस्दै आएका छन् ।

तीन रोपनी आठ आना तीन दाम क्षेत्रफल रहेको कारागारको दुई रोपनी सात आना तीन दाममा कैदीबन्दी राख्ने भवन निर्माण भएको छ । कार्यालयका कारागार प्रशासक जीवन निरौलाले पछिल्लो समय कारागारमा सबैभन्दा बढी जबरजस्ती करणीका कैदी र थुनुवा रहेको बताउनुभयो । उहाँले कारागारमा जबरजस्ती करणी मुद्दाका ३४ जना कैदी र ८२ जना थुनुवा गरी कुल ११८ जना रहेको बताउनुभयो । कर्तव्य ज्यान मुद्दाका १२ जना कैदी र ३० जना थुनुवा, सवारी ज्यानरअङ्गभङ्ग मुद्दाका १८ जना कैदी र ११ जना थुनुवा, डाँका÷चोरी÷नकवजनी चोरीका ११ जना कैदी र १७ जना थुनुवा, ज्यान मार्ने उद्योगका कैदी र थुनुवा गरी ११ जना, लागुऔषध मुद्दाका १३ जना, मोटरसाइकल÷स्कुटर चोरीका १२ जना कैदी र थुनुवा रहेको कारागार प्रशासक निरौलाले बताउनुभयो ।

यस्तै सहकारी ठगीका १० जना, सरकारी छाप किर्ते ठगीका आठ जना, अभद्र व्यवहारका एक, मानव अपहरण तथा शरीर बन्धकका दुई, मानव बेचबिखन, जिउ मास्ने बेच्ने तीन, बहुविवाह÷बालविवाहका छ जना, अप्राकृतिक बाल यौन दुराचारका पाँच जना, हातहतियार तथा खरखजानाका एक, बैङ्किङ कसुर ऐनका छ जना, बोक्सी आरोप, विद्युतीय कारोबार, लेनदेन बिगो, गौवधका एक÷एक जना कैदी तथा बन्दी रहेका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका छ जना, आगो लगाएको दुई जना, वन्यजन्तु ऐन मुद्दाका तीन जना र कुटपिटरअङ्गभङ्ग मुद्दाका दुई जना रहेका छन् । कारागार कार्यालयमा हाल कैदी ११७ जना र थुनुवा १९५ जना छन् । कुल कैदी र थुनुवामा १० जना मानसिक रोगी छन् भने ६५ वर्षमाथिका कैदी चार जना र थुनुवा पाँच जना छन् । हाल कारागार रहेको स्थानमा विसं २०५२ भन्दाअघि मानसिक रोगी राख्ने केन्द्रका रूपमा सञ्चालन भएको २०५२ सालपछि भने कारागार कार्यालयका रूपमा सञ्चालनमा ल्याइएको थियो । कारागार प्रशासक निरौलाले पुरानो भवन र स्थान अभावका कारण कैदीबन्दीलाई खान, बस्न, मनोरञ्जन, खेलकुद र सिपमूलक कार्य गर्न समस्या भएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...