एसइई पूरक परीक्षामा तनहुँबाट तीन हजार बढी परिक्षार्थी सहभागी

Published on

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धिका लागि तनहुँबाट तीन हजार ५१ जना विद्यार्थी सहभागी भएका छन् । दश पालिकाका १७० विद्यालययले सो सङ्ख्यामा सहभागीको लागि फाराम भरेको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो । पहिलो दिन अङ्ग्रेजी विषयको परिक्षा शान्त वातावरणमा भईरहेको उहाँले जानकारी दिनुभयो । साउन ३१ गतेसम्म हुने ग्रेडवृद्धि परिक्षाको लागि सात परीक्षा केन्द्र निर्धारण गरिएको एकाइले जनाएको छ । एकाइका सूचना अधिकारी विश्वप्रकाश रेग्मीका अनुसार जिल्लाका दश पालिकामा रहेका एक सय ७० विद्यालयको लागि चार पालिकामा सात केन्द्र निर्धारण गरिएको छ । देवघाट र आँबुखैरेनी गाउँपालिकाको १९ विद्यालयका तीन सय ५१ विद्यार्थीको लागि आँबुखैरेनी बजारस्थित रामशाह माध्यामिक विद्यालयलाई तोकिएको छ ।

भानु नगरपालिका र बन्दीपुरका ३२ विद्यालयका छ सय १८ विद्यार्थीको लागि भानु नगरपालिका–२ स्थिती होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालय तोकिएको छ । व्यास नगरपालिकामा पर्ने तनहुँको सदरमुकाम दमौलीमा दुई स्थानमा केन्द्र तोकिएको छ । सत्यवती र निर्मल माध्यामिक विद्यालयमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका ५२ विद्यालयका विद्यार्थीको लागि केन्द्र तोकिएको छ । निर्मलमा ३३ विद्यालयका पाँच सय ४९ विद्यार्थी र सत्यवतीमा २६ विद्यालयका पाँच सय ४६ विद्यार्थीको लागि केन्द्र तोकिएको हो । यस्तैगरी जिल्लाका प्राविधिक धार तर्फ तीन विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई निर्मललाई नै केन्द्र तोकिएको छ । म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका १९ विद्यालयका तीन सय ५४ विद्यार्थीको लागि शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार माध्यामिक विद्यालयलाई केन्द्र तोकिएको छ । शुक्लागण्डकी नगरपालिकाको लागि मात्रै दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यामिक विद्यालयमा १९ विद्यालयका तीन सय ५४ विद्यार्थीको लागि केन्द्र तोकिएको छ ।

भिमाद नगरपालिकाको भिमाद बजार स्थित जनज्योति माध्यामिक विद्यालयमा भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका गरी २२ विद्यालयका तीनय ६९ विद्यार्थीको लागि केन्द्र तोकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षामा २६ केन्द्र तोकिएकोमा ग्रेडवृद्धि परिक्षाको लागि भने सात केन्द्र तोकिएको एकाइले जनाएको छ । एकाइका अनुसार साधरण पाँच हजार दुई सय ३१ र प्राविधिक तर्फ एक सय ३३ गरी परीक्षामा सहभागी पाँच हजार तीन सय ६४ विद्यार्थीमध्ये ४२ प्रतिशत उर्तिण भएका थिए । जिल्लामा १३ विद्यालयको नतिजा शुन्य आएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...