विद्यालयलाई सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण

Published on

काठमाडौं । जिल्लाको रामपुर नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई मेसिन सहित प्याड र ६ आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड उपलब्ध गराएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी निःशुल्क रूपमा प्याड सहित मेसिन उपलब्ध गराएको रामपुर नगरपालिकाले जनाएको छ । सरकारबाट सशर्त कार्यक्रमका रूपमा प्राप्त बजेटमार्फत २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरिएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउनुभयो । सशर्त कार्यक्रमको २० लाख रुपियाँमार्फत डिस्पोजल मेसिन र सेनिटरी प्याड खरिद गरी वितरण गरिएको बताउनुभयो । १ हजार ७ सय ५६ जना छात्रालाई ६(६ वटा पुग्ने गरी विद्यालयलाई प्याड उपलब्ध गराएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयलाई सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्ष नष्ट गर्ने मेसिन समेत प्रदान गरिएको बताउनुभयो । सेनिटरी प्याडले विद्यालयमा अध्ययनरत छात्राहरूलाई धेरै राहत मिलेको र प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन प्राप्त पछि व्यवस्थापन गर्न सहज हुने दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...