हिमालको काखमा पहेँली बराह ताल

Published on

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा रहेको सुन्दर पहेँली बराह तालमा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको छ । धौलागिरी आइसफल पदमार्गमा पर्ने अग्लो पहाडको टुप्पोमा गोलो आकारमा रहेको पहेँली बराह ताल प्राकृतिक रुपमा अति सुन्दर छ । बेनीदेखि सुरु भएर रघुगंगाको रुइसे भेडी ओडार–सोबाङ दूरी हुँदै धौलागिरी आधार शिविर पुगेपछि त्यहाँबाट पहेंली बराह, कालीबराह हुँदै मुस्ताङको लेते निस्कन सकिन्छ । व्यवस्थित पदमार्ग निर्माण र प्रचार–प्रसारको अभावमा पहेँली बराह ताल ओझेलमा परेको हो । पहेँली बराह तालदेखि केही तल यसै क्षेत्रमा अर्को कालिबराह ताल समेत छ ।

चार हजार ६ सय मिटरको उचाइँमा रहेको पहेँली बराह ताल करिब ८ सय मिटर लम्बाइ र चारसय मिटर चौडाइमा फैलिएको छ । तालमा पुगेपछि वरपर सुन्दर हिमचुचुरा र प्राकृतिक सुन्दर दृश्यको अवलोकन गर्न सकिन्छ । तालमा पुग्नुभएका बेनीका स्थानीयवासी किरण कार्कीले तालको सुन्दरताको बयान गर्दै भन्नुभयो, ‘‘प्राकृतिक रुपमा ताल धेरै सुन्दर छ । हिउँदका समयमा वरपर हिउँले ढाकेको र बिचमा गोलो आकारको ताल देखिन्छ । चिमखोलादेखि दुई दिनको थकानपूर्ण यात्रालाई तालको सुन्दरताले बिर्साइदिन्छ ।’’

प्राकृतिक रुपमा सुन्दर भूगोल भए पनि पर्यटकीय पूर्वाधारको अभावमा यस क्षेत्र ओझेलमा परेको उहाँले बताउनुभयो । ‘‘बेनीदेखि सवारीसाधनको प्रयोग गरेर एक दिनमा चिमखोला गाउँ पुग्न सकिन्छ । चिमखोलाबाट दुई दिनको पैदलयात्रा पछि सो तालमा पुग्न सकिन्छ” वडाध्यक्ष थकबहादुर पाइजाले भन्नुभयो । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ताल ओझेलमा परेको स्थानीय गुनासो छ । भौगोलिक विकटताका कारण तालसम्म पुग्ने व्यवस्थित पदमार्गको अभाव छ । तालको प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचार–प्रसार हुनसकेको छैन ।’’ भेडा गोठालाहरु र यार्सागुम्बा टिप्न चिमखोलावासीहरु पुग्ने गरेको उहाँका भनाइ छ । वडा नम्बर –८ को सुँगुरथलादेखि कछुवा ओडारसम्म पदमार्ग निर्माण गरिए पनि त्यहाँदेखि भिर, जङ्गल र खोलाको तीर हुँदै दुईदिनको उकालो पैदलयात्रा पछि पहेँली बराह ताल पुग्न सकिन्छ । व्यवस्थित पदमार्ग लगायत पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले डिपिआर बनाएर सम्बन्धित निकायमा बजेट माग गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनभुयो । धौलागिरी आइसफल पदमार्गलाई पूर्णता दिँदै आधार शिविरदेखि कालिबराह, पहेँली बराह हुँदै मुस्ताङको लेतेसम्म जोड्न सकेमा पदयात्राका लागि उत्कृष्ट मार्ग बनाउन सकिने उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...