नमोबुद्धमा स्टाफ कलेज निर्माण हुने

Published on

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, भकुन्डेबेँसीमा अत्याधुनिक आवासीय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माण गर्ने भएको छ । करिब पाँच सय जना प्रशिक्षार्थीलाई आवासीय रूपमा अन्तर्राष्ट्रिय स्तरको तालिम दिन सकिने गरी सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न लागेको हो । अहिले जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढीमा दुई सय जना मात्र प्रशिक्षार्थीलाई तालिम दिन सकिने व्यवस्था छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा। राजन खनालले अहिले नमोबुद्धमा प्रतिष्ठानले पाँच सय रोपनी क्षेत्रफलको जमिन पहिचान गरिसकेको र उक्त जमिनको भोगाधिकार प्राप्त गर्ने प्रक्रियामा लागिरहेको बताउनुभयो । केही समयभित्रै जग्गाको भोगाधिकार प्राप्त गरी प्रशिक्षण प्रतिष्ठान निर्माणको काम अगाडि बढ्ने छ ।

प्रतिष्ठानका अध्ययन निर्देशक राजेन्द्र अधिकारीले कर्मचारीलाई विशिष्ट प्रकृतिको तालिम प्रदान गर्न प्रतिष्ठानलाई नमोबुद्धमा निर्माण गर्न लागिएको जानकारी दिनुभयो । हाल जावलाखेलमा रहेको पूर्वाधारले प्रतिष्ठानको दीर्घकालीन सोच अनुसारको कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएकाले सरकारले काभ्र्रेको नमोबुद्धमा प्रतिष्ठान निर्माण गर्न लागको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला महाशाखा प्रमुख सुमन दाहालले सङ्घीयताको सफल कार्यान्वयन गर्न एक विशिष्ट प्रकृतिको संस्थाको आवश्यकता भएकोले सरकारले नेपाल प्रशासनिक प्रशिक्षिण प्रष्ठिानलाई अत्याधुनिक सुविधासहित निर्माण गर्न लागेको बताउनुभयो ।

प्रतिष्ठानले अहिले शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिव स्तरका कर्मचारीलाई आवासीय रूपमा तालिम प्रदान गर्दै आएको छ । आवश्यकताका आधारमा तिनै तहका जनप्रतिनिधि र अन्य सङ्गठित संस्थाका पदाधिकारीलाई पनि तालिम प्रदान गरी दक्ष बनाउने कार्य गर्दै आएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...