अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

Published on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कमल प्रसाद खनालविरुद्ध गैरकानुनी लाभ लिइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा शुक्रबार पुनरावेदन गरिएको छ ।

जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक वर्ष २०७०\७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्गक्रम अन्तर्गत नेपाल जलवायु परवर्तनको प्रचार प्रसारका लागि होर्डिङ बोर्ड निर्माण कार्यमा न्यू एकता इन्जिनियरिङ्ग वक्र्स नेपालगञ्ज, बाँकेको नामबाट मिति २०७१ वैशाख २४ को कर बिजक नं. ५८ को नक्कली बिलबाट होर्डिङ बोर्ड निर्माण गरेको भनी दुई लाख ४७ हजार ४९७ रुपियाँ र निर्मल लामिछानेको नक्कली भरपाइ स्रेस्तामा समावेश गरी २४ हजार रुपियाँ खर्च लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार झुट्टा बिल भरपाइ समावेश गरी खरिद नै नगरिएको सामानको ढुवानी बापत समेतको खर्च देखाइ खर्च लिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा बिगो तीन लाख २६ हजार ४९७ रुपियाँ कायम गरी मुद्दा पुनरावेदन भएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...