‘कृषि क्षेत्रमा नेपालले चालेको कदममा चीनको सहयोग रहने’

Published on

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेना सोङले नेपालमा रासायनिक मल कारखाना स्थापनामा चीन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । आफ्नो निवासमा पत्रकारसँग कुरा गर्दै राजदूत सोङले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै कार्य थालिने बताउनुभयो । आगामी एक वर्षभित्रमा मल कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम सकाउने धारणा उहाँले राख्नुभएको थियो । यसै गरी राजदूत सोङले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग मन्त्रालयमा बिहीबार भेटेर कृषि क्षेत्रका लागि नेपालले चालेको कदममा चीनको सहयोग रहने बताउनुभएको थियो । कृषिमा चीनले ठुलो उपलब्धि हासिल गरेको बताउँदै उहाँले च्याउको खेतीबाट चीनको गरिबी घटाउन सहयोग पुगेको धारणा राख्नुभयो ।

नेपालबाट भइरहेको र हुन सक्ने कृषि उपज र मासुजन्य वस्तुको निर्यातलाई सहजीकरण गरिदिन मन्त्री अधिकारीले राजदूत सोङलाई आग्रह गर्नुभयो । नेपालबाट चीनमा थर्मल प्रशोधित भैँसीको मासु निर्यात गर्नका लागि चीनको भन्सार प्रशासनसँग आवश्यक समन्वय भएको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यससम्बन्धी प्रोटोकल मन्त्रीपरिषद्बाट स्वीकृत भई चिनियाँ पक्षमा पठाइसकिएकाले त्यस प्रोटोकलमा हस्ताक्षर गर्न तथा कार्यान्वयन गर्न राजदूतबाट विशेष पहल हुने अपेक्षा व्यक्त गर्नुभएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्रालयले औषधिजन्य वनस्पति निर्यातका लागि चीनको भन्सार प्रशासनसँग समन्वय भएको र याक तथा चौँरीको नस्ल सुधार तथा मूल्य शृङ्खला प्रवर्धन गर्नका लागि चीन सरकारसँग अनुरोध गरेको छ । मन्त्री अधिकारीले दुई देशबिच भएको विभिन्न समझदारी र अन्य विषयमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्न सकिने आशा व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...