जापान : सपना सङ्घर्ष र सफलता

Published on

काठमाडौं । जिज्ञानकुमार थापाको गैर आख्यान्तमक पुस्तक जापानः सपना सङ्घर्ष र सफलता शनिबार लोकार्पण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक जिज्ञानकुमार थापाले उक्त पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

किताब समय सान्दर्भिक भएको राजदूत युताकाले बताउनुभयो । उहाँका अनुसार, किताबमा सङ्घर्षलाई जोड दिइएको छ, जापानीले नेपालको र नेपालीले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपाल र जापानबिचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ, उहाँले भन्नुभयो । जापानका लागि पूर्वनेपाली राजदूत मदनकुमार भट्टराईले जापानको सभ्यता, प्राकृतिक सौन्दर्य र जापानीको मृदुभाषी बानीले लोभ्याउने गरेको र त्यो कुरा किताबमा आएको बताउनुभयो ।

लेखक जिज्ञानकुमार थापाले जापानमा बसेर लामो समय दोभाषेको काम गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो किताब जापान जान चाहनेलाई समर्पित छ । मैले हाँसिल गरेको ज्ञान, अनुभव पस्किएको छु ।” लेखक शैलेन्द्र अधिकारीले किताबमाथि टिप्पणी गर्दै भन्नुभयो, “पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयलाई मिहिन ढङ्गले व्याख्या र विश्लेषण गरेको छ ।” पुस्तकलाई चक डस्टर प्रकाशन गृहले बजारमा ल्याएको हो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...