मिर्गौला उपचारका लागि जमुनालाई १५ लाख सहयोग

Published on

काठमाडौं । गल्याङ नगरपालिका–११ छापकी जमुना थापालाई उपचारका लागि रु. १५ लाख हस्तान्तरण गरिएको छ । दुई वटै मिर्गौलामा समस्या आएपछि पोखरामा उपचार गराइरहनुभएकी थापालाई मगर संघ गल्याङले नगद सहयोग हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको भन्दै परिवारले सहयोगको अनुरोध गरेपछि मगर सङ्घ गल्याङ नगर समितिले सहयोग सङ्कलन गरेको थियो ।

समितिले देश तथा विदेशमा रहनुहुने व्यक्ति तथा सङ्घ संस्थासँग सङ्कलन गरेको रु। १५ लाख जमुना र उनका श्रीमान यामबहादुर सोमैलाई हस्तान्तरण गरेको हो । साउन २५ सम्ममा यो रकम सङ्कलन भएको भन्दै थप रकम सङ्कलन हुने क्रममा नै रहेको मगर संघ गल्याङ नगर समितिका अध्यक्ष कुमार रानामगरले जानकारी दिनुभयो । रकम हस्तान्तरण गर्दै पूर्व सांसद महेन्द्र थापामगरले एक अर्कालाई परेको समस्यामा सहकार्य गर्दै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मानिसले खाने आहार व्यहारमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउने गरेको उहाँको भनाइ छ । बिरामी जमुनाका श्रीमान यामबहादुरले सहयोगको लागि सबैलाई धन्यवाद दिनुहुँदै थप सहयोगको अपेक्षा गरेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...