कालीगण्डकी करिडोरको सडक एकतर्फी सञ्चालनमा

Published on

काठमाडौं । नवलपुरको गैंडाकोटमा पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी करिडोरको सडक एकतर्फी सञ्चालनमा आएको छ । वर्षातका कारण गैंडाकोट नगरपालिका–३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले पहिरो हटाउनका लागि समन्वय भइरहेको बताउनुभयो । स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सामान्य वर्षातमा पनि कालीगण्डकी करिडोरअन्तर्गत सडकमा बेलाबेलामा पहिरो खसेर सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोर हुँदै गैंडाकोटबाट पहाडी भेग र पाल्पाको रामपुरतर्फ यातायात सञ्चालन हुन सकेको छैन । करिडोर बन्द हुँदा जिल्लाको मुख्य बजार र राजमार्गबाट पहाडी भेग आवतजावतमा समस्या भएको छ । दैनिक जीवनमा कठिनाइ उत्पन्न भएको छ । दुवैतर्फ सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...