कालीगण्डकी करिडोरको सडक एकतर्फी सञ्चालनमा

Published on

काठमाडौं । नवलपुरको गैंडाकोटमा पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी करिडोरको सडक एकतर्फी सञ्चालनमा आएको छ । वर्षातका कारण गैंडाकोट नगरपालिका–३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले पहिरो हटाउनका लागि समन्वय भइरहेको बताउनुभयो । स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सामान्य वर्षातमा पनि कालीगण्डकी करिडोरअन्तर्गत सडकमा बेलाबेलामा पहिरो खसेर सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोर हुँदै गैंडाकोटबाट पहाडी भेग र पाल्पाको रामपुरतर्फ यातायात सञ्चालन हुन सकेको छैन । करिडोर बन्द हुँदा जिल्लाको मुख्य बजार र राजमार्गबाट पहाडी भेग आवतजावतमा समस्या भएको छ । दैनिक जीवनमा कठिनाइ उत्पन्न भएको छ । दुवैतर्फ सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...