पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

Published on

काठमाडौं । शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ३९ स्वर्ण, २७ रजत र २४ काँस्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा छन् । दोस्रोमा अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ काँस्यसहित कुल १२२ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ काँस्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ काँस्यसहित कुल ६२ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ काँस्यसहित कुल ६३ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ काँस्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । आठौँ स्थानमा रहेको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ काँस्यसहित कुल ३२ पदक जितेको छ भने इटाली १२ स्वर्ण, ११ रजत र आठ काँस्यसहित कुल ३१ पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी ११ स्वर्ण, १३ रजत र १५ काँस्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा छ । रासस\एएफपी

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...