दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील हुनु पर्छ

Published on

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील बन्नुपर्ने बताएका छन् । साउन २३ गतेदेखि जारी बैठकमा आइतबार बोल्ने नेताहरूले बङ्गलादेशको प्रदर्शन र सत्ता उलटफेरबाट नेपाल बेलैमा सचेत र संवेदनशील हुनुपर्ने बताएका हुन् । नेताहरूले निर्वाचित सरकारमाथि धावा बोल्ने र जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गर्ने र दक्षिण एसिया अन्तर्राष्ट्रिय राजनीतिको क्रीडास्थल भएर नेपाल चेपुवामा पर्ने सम्भावना बढ्नेप्रति नेताहरूले कांग्रेस नेतृत्वसँगै सरकारको ध्यानाकर्षण गराएका छन् । नेताहरूले सरकारको कामकारबाही प्रभावकारी बनाउनुपर्ने, भ्रष्टाचारका फाइल खोल्नुपर्ने, संविधान संशोधनको विषयमा थप प्रस्ट हुनुपर्ने तथा विकास निर्माणका विषयमा देखिएका समस्या समाधान खोज्नुपर्ने बताए । साथै कांग्रेसको चुनावी घोषणापत्रका आधारका कार्यक्रम निर्माण गर्नुपर्नेमा पनि नेताहरूको जोड थियो ।

१५ औँ महाधिवेशन सुनिश्चित होस्

बैठकमा नेताहरूले कांग्रेसलाई समग्र रूपान्तरण गर्न पनि १५ औँ महाधिवेशन २०८२ मङ्सिरमै गर्नुपर्ने माग राखेका छन् । साथै विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि समिति बनाउन र सदस्यताको विषय निरूपण गर्नपर्ने आवाज बैठकमा उठेको छ । नेता डा। शेखर कोइरालाले १० बुँदे अवधारणा प्रस्तुत गर्दै महाविधेशन सार्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो आग्रह केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५ औँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ ।” उहाँले १४ औँ महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यतालगायतका समस्या तत्काल समाधान गरी २०८२ मङ्सिरमा १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता यही बैठकले गर्नुपर्ने माग राख्नुभयो ।

डा। कोइरालाले बङ्गलादेशको घटना र नेपाली नागरिकमा बढ्दो वितृष्णा, सरकार निर्माणका क्रममा भएको संविधान सुधार र राजनीतिक स्थायित्वको सवाल, सुशासन, नागरिकका समस्या र सङ्कटका सन्दर्भमा पनि विषय उठान गर्नुभयो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रस्तुत ११ वटा प्रस्तावमाथि केन्द्रीय सदस्यले छलफल केन्द्रित गरेका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...