प्रस्तावित राजदूतको नाम सुनुवाइका लागि पत्राचार

Published on

काठमाडौं । विभिन्न देशको आवासीय राजदूतमा सिफारिसमा परेका १७ जनाको संसदीय सुनुवाइका प्रक्रिया अघि बढाउन सरकारले पत्राचार गरेको छ । मन्त्रीपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ । अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन । परराष्ट्र मन्त्रालयले आइतबार १७ जनाको नाम सुनुवाइका लागि पठाएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले १७ जनाको नामावली सुनुवाइका लागि प्राप्त भएको र चाँडै प्रारम्भिक प्रक्रिया अघि बढ्ने बताउनुभयो । गिरीले भन्नुभयो, “१७ जनाको नामावली प्राप्त भएको छ । समितिको प्रारम्भिक बैठक चाँडै बस्ने छ ।”

मन्त्रीपरिषद्ले यसअघि भारतबाट फिर्ता बोलाइएका राजदूत डा. शङ्करप्रसाद शर्मालाई पुनः भारतमै सिफारिस गरेको थियो । शर्माको पनि संसदीय सुनुवाइका लागि नाम पठाइएको छ । यस्तै नरेशविक्रम ढकाल साउदी अरब, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्रा। धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का, सनिल नेपाल स्पेन, शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे बेलायत, डा। शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाको राजदूतका लागि सिफारिस हुनुभएको छ । निर्णय अनुसार जङ्गबहादुर चौहान रुस, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पौडेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरिएको छ ।

समितिले अब प्रारम्भिक बैठकबाट सुनुवाइको प्रक्रिया अघि बढाउने छ । प्रारम्भिक बैठकबाट प्रस्तावित पदाधिकारीउपर सरोकारवाला तथा सर्वसाधारणबाट उजुरी आह्वान हुने छ । उजुरीको समयसीमा सकिएपछि समितिले उजुरीकर्तासँग पहिले छलफल गर्ने छ । त्यसपछि प्रस्तावित पदाधिकारीको सुनुवाइ गर्ने छ । उजुरी नपरेको अवस्थामा सिधै प्रस्तावित पदाधिकारीलाई सुनुवाइमा बोलाइने छ ।

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...