बेनीमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का

Published on

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, जनप्रतिनिधि र चिकित्सकसहित पुगेको प्रहरीको टोलीले फेला परेको कंकाल र अन्य सामग्री सङ्कलन गरेको थियो । मानव कंकाल फेलापरेको उक्त स्थान गिठेनी पोखरा वस्तीदेखि करिब दश मिनेटको दूरीमा पर्दछ ।

माटोमुनी गाडेको अवस्थामा शव फेला परेको र घटनास्थलमा फेला परेका सबै सामग्रीहरु सङ्कलन गरेर बेनी ल्याइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नुभयो, ‘‘प्रहरी टोली पुगेर माटो मुनी गाडिएको अवस्थामा रहेको शवलाई निकालेर ल्याएका छौं । सङ्कलन भएको कंकाल र सामग्री बेनी अस्पतालमा राखेका छौं । मानव कंकाल र अन्य प्रमाणहरुको परक्षीणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउँछौं ।’’ आफन्त र स्थानीयवासीहरुले उक्त मानव अस्थिपञ्जर बेपत्ता परियारकै भएको आशङ्का गरेको उहाँको भनाइ छ । फेला परेको मानव कंकाल र सामग्री विगत ८ महिनादेखि बेपत्ता परियारको भएको हुनसक्ने वडाध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘फेला परेको सुनको सिक्री, चप्पल र कपाल बेपत्ता परियारकै भएको परिवारले दावी गरेका छन् । बाँकी कुरा अनुसन्धानपछि पहिचान होला ।’’

गंगटा खोज्दै गएका स्थानीयहरुले जमिनमा गाडेको अवस्थामा आइतबार दिउँसो ३ बजेको समयमा मानव कंकाल, चप्पल, कपडा भेट्टाएपछि गाउँमा खबर गरेको वडाध्यक्ष केसीले बताउनुभयो । प्रहरीको टोलीले घटनास्थलबाट कंकाल तथा सम्पूर्ण सामग्री सङ्कलन गरेर अनुसन्धान थालेको जनाएको छ । कंकाल, सामान र उजुरीबारे प्रमाणीक अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । परियार २०८० पुस १६ गते रातीदेखि घरबाटै बेपत्ता हुनुभएको थियो । परियारलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले स्थानीय युवा राम खत्रीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । खत्रीलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतले आदेश दिएको थियो । हाल कारागारमा रहेका खत्रीले प्रहरीको अनुसन्धानमा मीनासँग प्रेम सम्बन्ध रहेको बयान दिएको प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...