डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु

Published on

काठमाडौं । डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो।

उहाँका अनुसार सात महिनामा ७३ जिल्लाबाट तीन हजार ३३९ जनामा डेंगु पुष्टि भएको छ। मुस्ताङ,डोल्पा, हुम्ला र जुम्लामा हालसम्म डेंगु पुष्टि भएको छैन। डेंगु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा छन्। गण्डकी प्रदेशमा एक हजार २२६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा ८७०, कोशी प्रदेशमा ५८२, लुम्बिनी प्रदेशमा २९४, सुदूरपश्चिममा २६४, मधेश प्रदेशमा ५६, कर्णली प्रदेशमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

जिल्ला अन्तर्गत तनहुँमा सबैभन्दा बढी ६५६ जनामा डेंगु पुष्टि भएको छ। काठमाडौँमा ३३२, कास्कीमा २१२, झापामा १४५, चितवनमा १३५ जनामा डेंगु पुष्टि भएको छ। चिकित्सकका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा। विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने गर्छ। उहाँका अनुसार उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन।

लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन चिकित्सकको सुझाव छ। लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न डा।दाहालले आग्रह गर्नुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...