लेबनानमा बढ्दो नागरिक मृत्यु र विस्थापन चिन्ताजनक : राष्ट्रसङ्घ

Published on

काठमाडौं । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले लेबनान र इजरायली अस्तित्वलाई छुट्याउने ‘ब्लू लाइन’मा बढ्दो वैमनस्यताको बीचमा नागरिक मृत्यु र बढ्दो विस्थापनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । गत महिनामा नागरिक मृत्युको सङ्ख्या २० प्रतिशतले बढेको तथा सन् २०२३ को अक्टोबरदेखि अधिकांश महिला तथा बालबालिकासहित १२० जनाको मृत्यु भएको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । कार्यलयले राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) लाई उदृत गर्दै १२ वटा भन्दा बढी पानी मुहानहरू क्षतिग्रस्त भएको र हाल चारवटा मुहानबाट सेवा नजोडिँदा दुई लाख भन्दा बढी मानिसहरू सुरक्षित पिउने पानीको पहुँचविहिन भएको जानकारी दिँदै द्वन्द्वरत पक्षले नागरिक पूर्वाधारलाई बारम्बार लक्षित गरेको औँल्याएको छ ।

यसैगरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै ३२ टन आपतकालीन सर्जिकल किटका साथैै औषधिहरू वितरण गरी लेबनानी सरकारको समर्थनमा कार्यालय र साझेदारहरूले राहत प्रयास जारी राखेको कार्यालयले पुष्टि गरेको छ । आसिएचलेले ब्लू लाइनको दुबै पक्षमा विस्थापन जारी रहेको बताउँदै लेबनानको विस्थापन सन् २०२४ को जुलाईदेखि लगभग चार प्रतिशतले बढेर अक्टोबर २०२३ देखि विस्थापित हुने मानिसको सङ्ख्या एक लाख दुई हजार पुगेको छ । ओसिएएचएले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून दायित्वहरूको सम्मान गर्न आग्रह गर्दै, नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ । इजरायली समूहहरूले दक्षिणी लेबनानका सहर र गाउँहरूमा हवाई आक्रमण तथा बमबारी बढाउँदा कयौँ नागरिकको मृत्यु र घाइते हुन पुगेका छन् भने सयौं परिवारहरू घर छोड्न बाध्य भएका छन् । रासस\क्युएनए

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...