अस्करले चलचित्र निर्माण गर्ने

Published on

काठमाडौं । चलचित्र अध्यापन गर्दै आएको अस्कर कलेजले चलचित्र तथा ‘वेभ सिरिज’ निर्माणसमेत गर्ने भएको छ । अस्कर कलेजको २० औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार सो घोषणा गरिएको हो ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले कलेजबाट दीक्षित विद्यार्थीको सहभागितामा चलचित्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठुलो चिन्ता हुन्छ । त्यसैले कलेजले विद्यार्थीलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोतसाधन उपलब्ध गराउने छ ।” कलेजका संस्थापक नीर शाहले कलेजले दुई दशक लामो प्राज्ञिक यात्रा पार गरेको अवसरमा खुसी तथा गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रको प्राज्ञिक तथा बौद्धिक कुरा आउँदा अस्कर कलेजको नाम छुटाउनै नहुने रूपमा स्थापित भइसकेको छ ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...