अमेरिकी उपराष्ट्रपति पदका उम्मेदवार अक्टोबरको बहसका लागि सहमत

Published on

काठमाडौं । ह्वाइट हाउसका प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पको दौडमा रहेका साथीहरूले कम्तीमा एउटा उपराष्ट्रपति बहसमा सामना गर्न अक्टोबर १ मा हुने निर्णायक बहसका लागि सिबिएस न्युजको निमन्त्रणालाई स्वीकार गर्नुभएको छ । डेमोक्रेटिक मिनेसोटाका गभर्नर टिम वाल्ज र आहायोका रिपब्लिकन सिनेटर जेडी भान्सलाई सेप्टेम्बर र अक्टोबरमा चार सम्भावित बहसको प्रस्ताव गरिएको सिबिएसले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ । “अक्टोबर १ मा भेटौँला, जेडी”, ह्यारिस अभियानले आधिकारिक रूपमा मिति स्वीकार गरेको पुष्टि गर्नुअघि वाल्जले जवाफ दिनुभयो ।

भान्सले बिहीबार आफूले अक्टोबर १ को निमन्त्रणलाई स्वीकार गरेको बताउनुभयो । साथै उहाँले ‘अमेरिकी जनता सकेसम्म धेरै बहसका लागि योग्य छन्’ भन्ने तर्क दिँदै सेप्टेम्बर १८ मा सिएनएनद्वारा प्रस्तावित पहिलेको बहसको सुझाव दिनुभएको थियो । यसमा भेटघाट हुन्छ कि हुँदैन भन्ने केही सन्देह थियो । बुधबार फक्स न्युजसँगको अन्तरवार्तामा भान्सले अक्टोबरका लागि तयार रहेको पुष्टि गर्नुभयो तर उहाँले जुन २७ मा ट्रम्प र राष्ट्रपति बाइडेनको जस्तो ‘उनीहरूका वास्तवमा दर्शकहरू नभएको फर्जी बहस’ नगर्ने बताउनुभयो । ह्यारिस र ट्रम्प सेप्टेम्बर १० मा एबिसी न्युजले आयोजना गर्ने आ–आफ्नो बहसका लागि तयार हुनुहुन्छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...