सकारात्मक सोचबाट प्राप्त उपलब्धीलाई जोगाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । काठमाडौँ पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बाल्नुहुँदै मन्त्री सिंहले यस्तो बताउनुभएका हो । उहाँले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताउँदै अब कुार भन्दा काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, अर्को सन्दर्भमा उहाँले नेपालमा पढ्ने विद्यार्थीहरुको सङ्ख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको भन्दै नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने पनि उहाँले बताउनुभयो । ‘‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...