जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी

Published on

काठमाडौं । जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युतविगहीन भएका छन् । जापानको राजधानी टोकियोबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको जापानी मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ । आँधी उत्तरबाट पूर्वतर्फ होन्शु तटसम्म पुग्ने र करिब चार करोड मानिसको बसोबास रहेको टोकियो क्षेत्रलाई घुमेर शनिबारदेखि प्रशान्त महासागरमा फर्किने अनुमान गरिएको छ ।

जेएमएले आँधीको समयलाई ‘धेरै कडा’ मौसमको रूपमा मूल्याङ्कन गरेको छ । यसलाई ‘भयानक आँधी’ को उच्चतम श्रेणीभन्दा एक डिग्री तल अर्थात् अधिकतम हावाको गति १९५ किलोमिटर प्रति घण्टाको दर रहेको उल्लेख गरेको छ । जेएनएले सामाजिक सञ्जालमार्फत ‘आँधीबेहरी, उच्च छाल, पहिरो र बाढीका लागि उच्च सतर्कता अपनाउन’ चेतावनी दिएको छ । अमेरिकी सेनाको ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले राजधानीको पूर्वमा रहेको तटीय चिबा क्षेत्रमा अपराह्न ३ बजेसम्म अत्यधिक हावाहुरी चल्ने अनुमान गरेको छ । आँधीका कारण टोकियोको छिमेकी प्रान्त चिबाका चार हजारभन्दा बढी घरधुरीमा शुक्रबार बिहानसम्म विद्युत् आपूर्ति बन्द भएको युटिलिटी अपरेटरले जनाएको छ ।

निप्पोन एयरले शुक्रबार सबै ३३५ वटा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ र यसका कारण ७२ हजार यात्रुहरू प्रभावित भएका छन् । जापान एयरलाइन्सले हालसम्म ३६१ उडान रद्द गरेको र यसका कारण ५७ हजार ग्राहक मारमा परेका जनाएको छ । टोकियो र नागोयाबीचको व्यस्त क्षेत्रसहित जापानको बुलेट ट्रेन सेवाको सञ्जालका प्रमुख भागहरू पनि शुक्रबार बन्द हुने छन् भने टोकियो डिज्निल्यान्डका सञ्चालकले पार्क दिउँसो ३ बजेदेखि बन्द हुने बताएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...